विभिन्न हातहतियार सहित पक्राउ
स्याङजा - पुतलीबजार नगरपालिका-६ काउले सिमलबोट बस्ने ६६ वर्षीय थमन गुरूङ र सोही नगरपालिका-६ काउले किराखोर बस्ने २० वर्षीय सुजन गुरूङलाई विभिन्न हतियार सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुसँग अवैध हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा थमनको घरबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान भरूवा बन्दुकको नाल व्यारलको भाग, १ सय ४५ ग्राम बारूद, ११ वटा टिनको स-साना पाता, ५ थान केप, १ सय ५६ वटा स-साना काचो सिसा र सुजनको घरबाट १ थान एकनाले भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा बुधबार जिल्ला अदालत स्याङजाबाट २५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय स्याङजाले जनाएको छ ।
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
ओलीको आक्रोश: आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? खरा…
लेबनानमा इजरायली आक्रमण : ६ जनाको मृत्यु
प्रधानन्यायाधीश शर्माद्वारा न्यायपालिका थप समुन्नत र सबल बनाउने प्रतिबद्धता
कोशी प्रदेशमा पनि बेरुजु बढ्दो
प्रतिक्रिया