ललितपुरका किस्ट अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं । ललितपुरमा कोरोना संक्रमणबाट एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बालाजुकी ६९ वर्षीया महिलाको ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा आज बुधबार बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् ।
संक्रमित महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या ,श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थिए तर पनि बचाउन नसकिएको पाठकले बताए ।
प्रतिक्रिया