चितवनमा थप १९ जनामा कोरोना संक्रमण

चितवन – चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको (कोभिड)-१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १९ जना सबै चितवनका हुन् ।

भरतपुर अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ३ पुरूष र ५ महिलामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरू २० देखि ५८ वर्षको उमेरका छन् ।

यस्तै राप्ती(६ का २७ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको (कोभिड)-१९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् । खैरहनीका ६ र २ नम्वर वडाका एक महिला र एक पुरूष तथा रत्ननगरका ५ पुरूष र ३ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।