भरतपुर अस्पतालमा उपचाररत कोरोेना संक्रमितको मृत्यु

भरतपुर - थप एक जना कोरोेना संक्रमितको मृत्यु भएको छ ।

कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको चितवन भरतपुर अस्पतालमा उपचाररत र्कमा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको थिए ।  यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।