कोरोना संक्रमित पुरुषको पाटन अस्पताल लैजाँदै गर्दामृत्यु

काठमाडौँ– कोरोना संक्रमितबाट थप एक पुरुषको मृत्यु भएको छ ।
मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ ।
घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ ।

पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।