भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

चितवन - चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं ७ का ५५ बर्षीय पुरुषको आज सोमबार दिउँसो भरतपुर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । असोज ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

पौडेलका अनुसार खोकी र स्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।