चितवनमा ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । एक प्रहरी प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो । प्रहरी उपरीक्षक नान्तिराज गुरूङले संक्रमितहरु सबै प्रहरी कार्यालयभित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए ।

उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको उनले बताए । कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए । यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो ।