ललितपुरका दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - ललितपुरका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनलाई भदौ ६ गते अस्पताल भर्ना भएका थिए। यसैगरी पाटन वडा नम्वर १६ का ७४ वर्षका पुरुषको अल्का अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।