चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
चितवन- चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा उनकाे सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनलाई २६ गते कोरोना पुष्टि भएका गएराति १२ बजेर १८ मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।
प्रतिक्रिया