उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु

ललितपुर - ललितपुरमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ । यसैगरी मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

ललितपुरको पाटन अस्पतालमा काठमाडौंका ५१ वर्षीय पुरुषको आज बिहान दुई बजे मृत्युभएको छ । यसैगरी भक्तपुरका ७२ वर्षीय पुरुषको गएराति पौने १० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

काठमाडौंका ५१ वर्षीय पुरुषलाई भदौ १९ गते पाटन अस्पताल भर्ना गरिएको थियो ।
भक्तपुरका ७२ वर्षीय पुरुषलाई भदौ १७ गते पाटन अस्पताल भर्ना गरिएको थियो ।

यसैबीच, ललितपुरस्थित मेघा अस्पतालमा उपचाररत भक्तपुरका ३८ वर्षीय पुरुषको पनि आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।