थप एक कोरोना संक्रमितको मृत्यु

चितवन -भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

राप्ती नगरपालिका–५ का ६१ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

ती पुरुर्षलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिए पछि यही भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुर्षको आज साँझ ७ वजे मृत्यु भएको हो ।
हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २५ जना पुगेको छ ।