गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण
पोखरा । कोरोना महामारीको कारणले गण्डकी प्रदेशमा बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकीका स्वास्थ्य निर्देशनालय अनुसार संक्रमितमध्ये पोखराका मात्रै ९ जना छन् ।
पोखरामा संक्रमण पुष्टि हुनेमा साउदीबाट फर्किएकी पोखरा १३ की ३८ वर्षीया महिला, भारतबाट आएका वडा नखुलेका २४ वर्षीय पुरुष, पोखरा-१७ का २२ वर्षीय पुरुष, पोखरा-६ की ६ वर्षीया बालिका र ३४ वर्षीया महिला, पोखरा-७ का २५ वर्षीय पुरुष, पोखरा- ८ का १७ वर्षीय पुरुष तथा वडा नम्बर १४ का १७ र ४५ वर्षका पुरुष रहेका छन् ।
त्यसैगरी बागलुङ तमानखोला-१ का २६ वर्षीय पुरुष तथा नवलपुर गैँडाकोट १ का ५४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया