चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
भरतपुरमा रहेको चितवन मेडिकल कलेज सिएमसीको शिक्षण अस्पतालमा उपचार गराइरहेका एकजना संक्रमितको आइतबार बिहान मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१५ का ती व्यक्तिलाई छातीमा समस्या आएका कारण भदौ १२ गते अस्पताल भर्ना भएका थिए ।
परीक्षण गर्दा भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालको सघन उपचार कक्ष आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताए ।
चितवनका मेडिकल कलेजमा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १२ जना चितवनका छन् ।
प्रतिक्रिया