२६० बेडको आइसोलेसन त बन्यो तर संक्रमितहरु ल्याउन कसैले पनि चासो दिएनन्

रौतहट-देवाहीगोनाही नगरपालिकामा जय किसान पोलिटेक्निकल क्याम्पसमा २६० बेडको आइसोलेसन सेन्टर बनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र संयक्त निर्णय अनुसार भदौ पहिलो साता क्याम्पस भवनमा जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको थियो ।

आइसोलेसन सेन्टर बनाउन वृन्दावन नगरपालिकाले ३०० बेड उपलब्ध गराएको थियो भने अन्य पालिकाले सहयोग गरेका थिए ।

आइसोलेसन सेन्टर बनेपछि संक्रमितहरुलाई ल्याउन भने कसैले पनि चासो दिएका छैनन् । आइसोलसनमा शनिबार १२ जना संक्रमित छन् ।

थपिएका संक्रमितहरुलाई स्थानीय पालिकाले आइसोलेसनमा पठाउन पहल गरेका छैनन् । संक्रमितलाई आइसोलेसनमा पठाउन भने पनि पालिका प्रमुखहरु नमानेको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिडेन्टेन डा कृष्ण साह बताउँछन् ।