पछिल्लो २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार मंगलबार ९ हजार ४ सय २४ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ हजार ६ सय चार जनाको पीसीआर र २ हजार ८ सय २० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो ।

पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर एक हजार ७४७ जना संक्रिय संक्रमित छन् ।