भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
चितवन- कोरोना संक्रमणबाट आज बिहीबार साँझ थप एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–९ कि ६५ वर्षीया महिलाको भरतपुर अस्पतालमा उपचाररत मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती महिलालाई खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १४ गते उपचारका लागि भरतपुर अस्पताल भर्ना भएकी उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई स्वास्थ्य समस्यामा जटिलता बढदै गएपछि आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।
प्रतिक्रिया