भीम अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बुटवल । भैरहवाको भीम अस्पतालमा उपचाररत ५७ बर्षीय पुरुषको आज बुधबार दिउँसो मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका– ६ सब्जीमण्डी घर भएका कोरोना संक्रमित पुरुषको आईसीयूमा उपचाररत उनलाई बुधबार दिउँसो ३ मृत्यु भएको हो ।

बुटवलको कोरोना विशेष अस्पतालमा आइसियु बेड नभएकाले भीम अस्पतालमा उपचार गराइरहेका उनलाई एक्कासि हृदयघात भएको थियो ।अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेले बताए ।

उनलाई भदौ १५ देखि आइसियुमा राखेर उपचाररत गरिँदै आइएको थियो ।