युवा अभियान नेपाल बर्दिबासद्धारा छब्बीस लाख को निशुल्क कोरोना बिमा

बर्दिबास  - मानिस आफैमा एक सामाजिक प्राणी हो । ऊ जस्तोसुकै विषम परिस्थितिमा पनि समुदायको साथ सहयोग र समर्थनमा आफूमाथिको अप्ठ्यारोमा विजय प्राप्त गर्ने हौसला राख्दछ।

यसै पबित्र उद्देश्यकासाथ युवा अभियान नेपाल बर्दिबासले कोरोनाको महामारीमा आफ्ना सम्पूर्ण सदस्य र कलाकारहरूको निशुल्क कोरोना बिमा गरिदिएकाे छ । युवा अभियान नेपाल बर्दिबासले सम्पूर्ण सदस्य र कलाकारहरूको एक लाख बराबरको  कोरोना बिमा गरिदिएको छ।

सस्थाले आफ्ना सदस्य र कलाकारटोली गरि कूल २६ जनाको  २६ लाखको बिमा गरिदिएको हाे ।

संस्थागत रूपमा आफ्ना सस्थाका ब्यक्तिहरूको गहनतालाई बुझी यो कोरोना कहरमा गरिएकाे यो नै पहिलो संस्थागत काेराेना बिमा भएकाे सिद्धार्थ इन्स्योरेन्स प्रा लि बर्दिबास शाखाका कर्मचारी सागर पोखरेलले बताएका छन् ।

आफुहरूले गरेको योगदानको उच्च कदर भएको महसुस गरेकाे सस्थाका सचिब कैलाश पोखरेलले वर्णन मिडियालाई बताए ।

यस्तो कार्यले संस्थामा आइपर्ने जस्तोसुकै काममा पनि हातेमालो गर्ने र समाजका बिकृती बिरूद्ध लड्ने हौसला मिलेको समितिका कलाकार राजु तमाङ्गकाे धारणा रहेकाे छ ।

यस्तो विषम परिस्थितिमा संस्थाका समस्त परिवारको हितका निम्ति लागि पर्ने संस्थाका अध्यक्ष श्री विष्णु कुमार बम्जन ज्युलाई सम्पुर्ण बर्दिवासका उदाहरणिय बनेका छन् ।