चितवन मेडिकलमा उपचारक कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं - कोरोना भाइरस संक्रमणका कारण शनिबार हेटौंडाकी एक महिलाको मृत्यु भएको छ ।

हेटौंडा सानोपोखराकी ४९ वर्षीया महिलाको  चितवन मेडिकल कलेजमा आइसियुमा उपचारक क्रममा मृत्यु भएको छ ।

ती महिलालाई मिर्गौलापीडित पनि थिइन् ,उनलाई मिर्गौलाको डायलसिसका लागि साउन २७ मा उनी चितवन मेडिकल कलेजमा गएकी थिइन् । सोही क्रममा कोरोना परीक्षणमा ती महिलालाई कोरोना पुष्टि भएको थियो ।