मृत्यु भएका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि

धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका- ४ का ४५ बर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । ती पुरुषलाई रुघाखोकी, ज्वरो देखिएपछि बुधबार प्रादेशिक अस्पताल जनकपुधाम लगिएको उनको उपचार सुरु भएको केहि बेरमै मृत्यु भएको थियो । उनको मृत्युपछि स्वाब सं‌कलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।