भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा पक्राउ

चितवन - भरतपुरको सरकारी अस्पतालको आइसोलेसनमा चिकित्सकको निगरानीमा रहेका एकजना कोरोना संक्रमित व्यक्ति अस्पतालबाट भागेको आज बिहान नुवाकोटमा पक्राउ परेका हुन् ।

भरतपुर ठेगना भएका १९ वर्षीय ती युवक संक्रमित प्रमाणित भएपछि भदौ ६ गते शनिबार अस्पताल आएका थिए ।
नुवाकोट बेलकोटगढी -५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा बुधबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।