पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

ललितपुर- पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उनी गत साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका थिए ।

उनलाई त्यही दिन कोरोना पुष्टि भएकाे थियाे । ५४ वर्षीय उपचारका क्रममा मंगलबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।