सर्लाहीका कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं- सर्लाहीका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
ती महिलाको घर लालबन्दीकी हुन उनको उमेर ३३ वर्षीया आज शनिबार काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
ती महिलाको एक साता अघि ज्वरो आएर स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई उपचारका लागि चितवनको भरतपुर लगिएको थियो । तर त्यहाँको अस्पतालले भर्ना लिन नमानेपछि काठमाडौं लगिएको थियो ।
तेसपछि उनलाई ओम अस्पतालमा उपचारकै क्रममा उनको स्वाब संकलन गरिएको थियो ।
स्वाबको रिपोर्ट पोजेटिभ आएको र उनको शनिबार बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
प्रतिक्रिया