बागमती प्रदेशमा कोरोना संक्रमणबाट २९ को मृत्यु

काठमाडौं - विश्वव्यापी महामारी रूपमा फैलिएको कोरोना कोरोना भाइरस संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ ।

बागमती प्रदेशका मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुुुरुषसहित तीन जनाको कोरोना संक्रमणबाट मृत्युु भइसकेको छ ।

मकवानपुरमा मात्र हालसम्म कोरोना संक्रमितको सङ्ख्या २६० पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भईसकेको छ ।

बागमती प्रदेशमा ७३४ जना कोरोना संक्रमित उपचारपश्चात् घर फर्केका छन् ।