पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

वीरगञ्ज - पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको हो ।

उनलाई नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा आज विहान ७:१० बजे मृत्यु भएको डा दीपक कुशवाहाले जानकारी दिए ।


कोरोना संक्रमण पुष्टि भएपछि उनलाई ट्रमा सेन्टरबाट गम्भिर अवस्थामा वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो ।

ती व्यक्तिलाई ज्वरो, श्वास प्रश्वास, टाउको दुखाइ, उच्च रक्तचाप, मुटु र दम सम्बन्धी समस्याले ग्रस्त थिए र उनको स्वाब भदौ ३ गते संकलन गरिएको थियो ।

पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भदौ ४ गते वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।