पाटन अस्पतालमा कोरोना संक्रमित दुई जनाको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई जनाको कोरोना संक्रमित बाट एक महिला र एक पुरुषको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचार गराइरहेका दोलखा निवासी ३० वर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

शुक्रबार विहान सर्लाहीका ४६ वर्षीय पुरुषको पनि विहान मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।