कोरोना संक्रमित वृद्धको मृत्यु
चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना वृद्धको कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ ।
मृत्कको घर रत्ननगर नगरपालिका वडा नं १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा आज मृत्यु भएको हो ।
ती पुरुषलाई ६ दिन अगाडीनै कोरोना संक्रमण पुष्टि भएका थिए र उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी आईसीयूमा उपचाररत थिए ।
उनमा क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।
पछिल्लो समय सम्मा चितवनमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया