रौतहट थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
अमित ठाकुर- रौतहटमा मंगलवार थप ३३ जनामा कोरोन संक्रमित पुष्टि भएको छ ।
काठमाडौं प्रयोगशालाका अनुसार ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
गत महिना देखी रौतहटमा कोरोना संक्रमण बढदै गएको छ। आज काठमाडौंको प्रयोगशालामा ८० जनाको स्वाब परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको जनस्वास्थ्य प्रमुख साहले बताएका छन्।
रोतहटका गाउँ समुदाय स्तरमा संक्रमण व्यापक रुपमा बढेको र होम क्वारेन्टाइनकै कारण झन बढ्दै गएको साहले बताएका छन्।
मंगलवार काठमाडौं प्रयोगशालाका अनुसार गौर नगरपालिकामा २७ जना,माधवनारायण नगरपालिकामा ५ जना, र नेपाल प्रहरीका १ जना गरि संक्रमन थपिएको प्रमुख साहले जनाएको छ । जस मध्ये १३ जना महिला र २१ जना पुरुष रहेको छ। आज थपिएको संक्रमित मध्ये सब भन्दा बढी गौर नगरपालिका वडा नंबर ५ मा रहेको छ।
प्रतिक्रिया