यो साता मनसुनी वायुको प्रभाव कोशी, मधेश, बागमती प्रदेशसम्म रहने सम्भावना
यो साता मनसुनी वायुको प्रभाव कोशी, मधेश, बागमती प्रदेशसम्म रहने सम्भावना रहेको छ।
कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थान तथा अन्त्यमा थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा स्थानहरूमा साथै लुम्बिनी प्रदेशमा साताको सुरुमा केही स्थानहरूमा तथा मध्य र अन्त्यमा थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताभर मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
साताको सुरुमा कोशी, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
तराई भू(भागमा कोशी प्रदेशमा साताभर केही स्थानहरूमा, मधेश,बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा थोरै स्थानहरू तथा अन्त्यमा एक-दुई स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानहरूमा तथा मध्य र अन्त्यमा स्थानमा मेघगर्जनरचट्याङरअसिनारहावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
साताको सुरुमा कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
देशका हिमाली भू-भागमा अधिकतम र न्यूनतम् तापक्रम उल्लेख्य परिवर्तन नहुने तथा बाँकी भू-भागमा हल्का बढ्ने सम्भावना रहेको छ। साताको अन्त्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ।
सरदरसँग तुलना गर्दा देशभर सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ भने अधिकतम र न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ।
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भ…
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना
यी प्रदेश र स्थानमा हुनेछ दुई दिन भारी वर्षा
देशका यी स्थानमा हुनेछ वर्षा
काठमाडौँमा पनि तापक्रममा वृद्धि, भैरहवामा पुग्यो ४१ डिग्री
वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना,
प्रतिक्रिया