चुनावी परिणामलाई लिएर हार नमानेको बताए :अध्यक्ष घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावी परिणामलाई लिएर हार नमानेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चुनावमा सोचेजस्तो परिणाम नआए पनि हार नमानेको भन्दै पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए ।
उनले पछिल्लो निर्वाचन आफूहरूका लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलो भएको धारणा राखे ।
जनताको विश्वास र माया आफूहरू नगुमाएको भन्दै उनले आगामी दिनमा जनताको विश्वासलाई नै शक्तिमा परिणत गर्ने बताए ।
उनले सदस्यता वितरण गर्नको लागि अभियानको रूपमा नै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
प्रतिक्रिया