कांग्रेस स्स्थापनइतर समूहले युवा भेला गर्दै
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले भेला गर्दैछन् । उनीहरू कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत युवा भेला’ आयोजना गर्न लागेका हुन् ।
युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको आन्तरिक विवाद र विवाद समाधानका उपायबारे छलफल गर्न ‘बृहत युवा भेला’ आयोजना गरिएको जानकारी दिए । ‘यो बेला जाने कसरी त पार्टी ? पार्टी विभाजनको बाटोमा जाने कि पार्टीलाई एकतावद्ध बनाएर जाने ?,’ उनले भने, ‘यिनै विषयमा छलफल गर्न भेला बोलाएका हौं ।’
चाबहिलस्थित नवदुर्गा पार्टी भेन्युमा दिउँसो २ बजे सुरू हुने भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका युवाको सहभागिता रहने बताइएको छ । नेता शाहीका अनुसार भेलाका लागि पाँच वटा एजेन्डा प्रस्ताव गरिएको छ ।
प्रस्तावित एजेन्डाहरू :
१. फर्जी विशेष महाधिवेशनबाट गठन गरिएको समितिलाई खारेज गर्ने ।
२.भ्रातृ संस्थामा गरिएको टीके नियुक्ति खारेज गरी निर्वाचन समितिमार्फत अधिवेशन सम्पन्न गर्ने ।
३. क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य गर्ने तथा यसअघि नवीकरण भइसकेका सदस्यतालाई मान्यता दिने ।
४. आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने ।
५. पार्टीको नेतृत्व तथा जिम्मेवारी युवा पुस्ता (जेनजी) लाई हस्तान्तरण गर्ने ।
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
ट्याक्टर भिरबाट खस्दा १८ वर्षीय चालकको मृत्यु
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित
प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
अमेरिका र इरानबीच ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज खोल्न दुबै …
प्रतिक्रिया