औपचारिक रुपमा सेयर बजार प्रवेश गर्यो स्पेसएक्स, एलन मस्क विश्वकै पहिलो 'ट्रिलियनेयर' बन्ने निश्चित
एलन मस्कको कम्पनी 'स्पेसएक्स' मेरिकी स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत भएको छ।
यो सूचीकरण विश्व इतिहासकै सबैभन्दा ठूलो 'इनिसियल पब्लिक अफरिङ' भएको बीबीसीले शुक्रबार समाचारमा उल्लेख गरेको छ ।
जसले कम्पनीका संस्थापक एलन मस्क विश्वको पहिलो 'ट्रिलियनेयर'बन्ने निश्चित भएको समाचारमा उल्लेख छ ।
स्पेसएक्सले प्रतिसेयर १३५ डलरका दरले ७५ अर्ब डलर पुँजी परिचालन गर्ने लक्ष्य राखेको छ। यो परिमाण सन् २०१९ मा साउदी तेल कम्पनी अराम्कोले राखेको २५.६ अर्ब डलरको कीर्तिमानभन्दा झन्डै तेब्बर बढी भएको समाचारमा उल्लेख छ ।
बजारमा कम्पनीको सेयर प्रतिकित्ता १७१ डलरसम्ममा कारोबार हुने अपेक्षा गरिएको छ । जसले कम्पनीको कुल बजार मूल्याङ्कन २.२ ट्रिलियन डलर पुर्याउने अनुमान गरिएको छ। मस्कले यस कम्पनीमा ८० प्रतिशतभन्दा बढी हिस्सा राखेका छन्।
कांग्रेसका पाँच लाख ३८ हजार क्रियाशील सदस्यता अद्यावधिक, एक लाख ४९ हजार प्रक्र…
रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाको…
७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ
रास्वपा सभापति लामिछानेलाई खुला पत्र पठाएर साम्पाङले यस्तो प्रश्न
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
चोटका कारण विश्वकपबाट बाहिरिएका जापानी कप्तानको सन्यास घोषणा
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
प्रतिक्रिया