बोस्नियासँग भिड्दै क्यानडा, ‘लेट विनर म्याजिक’ ल्याउन सक्ला?
तीनमध्येको एउटा आयोजक क्यानडाले विश्वकप फुटबलमा शुक्रबार राति १२:४५ बजे हुने यूईएफए छनोटबाट अप्रत्याशित रुपमा छनोट भएको बोस्निया एन्ड हर्जोगोभिनासँग पहिलो खेल खेल्दै छ।
यो खेल टोरन्टो रंगशालामा हुनेछ। क्यानाडा अहिले गोल्डेन जेनेरेसनमा रमिरहेको छ । जेसी मार्सको नेतृत्वमा रहेको टोलीले ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्य बोकेको छ।
बोस्निया अप्रत्याशित रुपमा इटालीलाई प्लेअफ फाइनलमा हराउँदै अमेरिकाको टिकट काटेको हो । बोस्नियालाई टोरोन्टो रंगशालामा पनि समर्थकको कमि भने हुने छैन । उत्तर अमेरिकामा बोस्नियाली डायस्पोरा ठूलो संख्यामा रहेकाले प्रतियोगितामा उनीहरुलाई समर्थकको अभाव नहुने अनुमान गरिएको छ ।
बोस्नियाले पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलमा बोस्नियाले गोलका लागि संघर्ष गर्नुपरेको छ। विश्वकपअघिको मैत्रीपूर्ण खेलमा पनि बोस्नियाले नर्थ म्यासेडोनिया र पानामाविरुद्ध मात्र एक गोल गर्न सक्यो।
टोली पूर्ण रुपमा अझै पनि भेट्रान सेन्टरब्याक तथा कप्तान इडेन जेकोप्रति निर्भर छ ।
यसबाहेक मिडफिल्डरहरु केरिम अलाजबेगोभिच, एस्मिर बज्राक्तारेभिच र बेन्जामिन ताहिरोभिच बोस्नियाका प्लेयर्स टु वाच हुन् ।
क्यानाडासँग जोनाथन डेभिड, साइल लारिन र टाजोन बुकाननजस्ता प्रभावशाली खेलाडी छन्। मिडफिल्ड जोडी भियारियालका ताजोन बुचानन र एलए एफसीका स्टेफन युस्टाकियो आयोजक टोलीका लागि प्रमुख खेलाडी रहनेछन्।
स्टार खेलाडी लेफ्ट ब्याक अल्फोन्सो डेभिजको फिटनेस चिन्ताको विषय भए पनि क्यानडालाई समूह चरण पार गर्ने दाबेदारका रुपमा हेरिएको छ। क्यानडाले वार्म अप खेलमा आयरल्यान्डसँग बराबरी खेलेको थियो।
त्यसपछि उज्वेकिस्तानलाई हराएको क्यानडा प्रतियोगिताको एलिट टोली होइन। तर, घरेलु मैदानमा क्यानडाले ‘लेट विनर म्याजिक’ ल्याउन सक्ने अनुमान गर्न सकिन्छ । बोस्निया यसैमा सजग हुन आवश्यक छ।
कांग्रेसका पाँच लाख ३८ हजार क्रियाशील सदस्यता अद्यावधिक, एक लाख ४९ हजार प्रक्र…
रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाको…
७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ
रास्वपा सभापति लामिछानेलाई खुला पत्र पठाएर साम्पाङले यस्तो प्रश्न
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
चोटका कारण विश्वकपबाट बाहिरिएका जापानी कप्तानको सन्यास घोषणा
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
प्रतिक्रिया