फिफा विश्वकप २०२६: उद्घाटन खेलमै ३ खेलाडीलाई रातो कार्ड
फिफा विश्वकप फुटबल-२०२६ को उद्घाटन खेलमै तीनजना खेलाडीले रातो कार्ड पाएका छन्।
मेक्सिकोको सिटी रङ्गशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको छ।
खेलमा मेक्सिकोका १ र दक्षिण अफ्रिकाका २ खेलाडीले रातो कार्ड पाएका हुन्।
खेलमा मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरेका थिए।
खेलको ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित बन्यो।
त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाएका थिए।
खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले पनि रातो कार्ड पाए। त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति बन्यो।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाए।
विश्वकपको उद्घाटन खेलमै तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका हुन्।
यो जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ। आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबिच प्रतिस्पर्धा हुनेछ।
उक्त खेल शुक्रबार बिहान पौने आठ बजेदेखि सुरु हुने छ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
केही घण्टामै ‘ब्याक’ भए इरानविरुद्ध भीषण आक्रमण गर्ने धम्की दिएका ट्रम्प
बालेन र रविनिकट मन्त्रीहरूबीच विश्वासको संकट, सूचना ‘लिक’ हुँदा दबाबमा सरकार
भक्तपुरमा बसले माइक्रो बसलाई ठक्कर दिँदा १४ जना घाइते
इतिहासकै सबैभन्दा ठूलो विश्वकप सुरु, ४८ टोली उपाधिको दौडमा मैदानमा
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने
प्रतिक्रिया