इप्पानको साधारणसभा र अधिवेशनको तयारी पूरा, शुक्रबार उद्घाटन
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आफ्नो २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। इप्पानका अध्यक्ष गणेश कार्कीले बिहीबार साँझ विज्ञप्ति प्रकाशन गरेर आठौँ अधिवेशनको तयारी पूरा भएको बताएका हुन्।
२०५७ माघ ४ गते ८ सदस्यबाट स्थापना भएको इप्पानमा हाल ६८३ सदस्य आबद्ध रहेका छन्। अधिवेशन भोलि जेठ २९ गते आयोजना हुँदैछ।
इपानको विधानअनुसार निर्वाचन कार्यतालिका प्रकाशित भई उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ। बन्द सत्रपछि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यतालिका समेत पारित भइसकेको कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार २०८३ जेठ २५ गते सम्पन्न २०३औँ कार्यसमिति बैठकले सर्वसम्मतरूपमा निर्वाचन कार्यतालिका पारित गर्दै महासंघमा जान नसक्नुको कारण तथा विधान संशोधनको विषय आगामी साधारणसभामा पेस गर्ने निर्णय गरेको उल्लेख छ।
महासंघ गठन सम्बन्धमा विद्यमान कानुनी व्यवस्था तथा जिल्ला प्रशासन कार्यालयले तय गरेका मापदण्डहरूको विश्लेषणपछि २०८२ साल चैत ४ गते बसेको १९९औँ बैठकले महासंघमा जाने वा विद्यमान विधानअनुसार नियमित अधिवेशन गर्ने भन्ने निर्णयको जिम्मेवारी पदाधिकारीलाई दिएको थियो। त्यसपछि २०८२ चैत १० गते बसेको पदाधिकारी बैठकले महासंघ गठन कठिन देखिएको निष्कर्ष निकाल्दै वर्तमान विधानअनुसार अधिवेशन अघि बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसै गरी २०८३ साल वैशाख ४ गतेको २००औँ बैठकले जेठ २९ गते साधारणसभा तथा अधिवेशन गर्ने र विधान संशोधन प्रस्ताव ल्याउने निर्णय गरेको थियो।
अध्यक्ष गणेश कार्कीले वैशाख २७ गते सम्पन्न २०१औँ बैठकमा नयाँ विधान प्रस्ताव पेश गरेको त्यसलाई साधारणसभामा प्रस्तुत गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रस्तावित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था हटाइनेछ भने अध्यक्ष पदमा उम्मेदवार बन्न कम्तीमा एक कार्यकाल कार्यसमितिमा काम गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। साथै, २७ सदस्यीय कार्यसमिति गठनको प्रस्ताव समेत गरिएको छ।
इप्पानले साधारणसभा, महासंघ सम्बन्धी प्रस्ताव तथा विधान संशोधनका सम्पूर्ण निर्णयहरू सर्वसम्मत रूपमा भएको र कुनै सदस्यले ‘नोट अफ डिसेन्ट’ नलेखेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा केही व्यक्तिहरूले संस्थाले अवैधानिक निर्वाचन गरिरहेको तथा महासंघको निर्णय कार्यसमितिले खारेज गरेको भन्दै गलत सूचना फैलाएको आरोप विज्ञप्तिमा छ। इप्पानले त्यस्ता प्रचारले संस्थाको प्रतिष्ठामाथि आघात पुग्ने भन्दै आपत्ति जनाएको छ।
इप्पानका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत एक उपमहासचिव र पाँच सचिवसहित ६ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य पदमा प्रतिस्पर्धा हुने भएकाले निर्वाचन प्रक्रिया अघि बढिसकेको छ।
संस्थाले महासंघ सम्बन्धी प्रतिवेदन र विधान संशोधन प्रस्ताव आगामी साधारणसभामा छलफलका लागि पेश गरिने जानकारी दिँदै सदस्यहरूलाई भ्रममा नपर्न आग्रह गरेको छ। साथै, शुक्रबार हुने साधारणसभा तथा अधिवेशनमा सहभागी भई महासंघ प्रस्ताव, विधान संशोधन तथा निर्वाचन प्रक्रियामा सहभागी हुन पनि अध्यक्ष कार्कीले सबै सदस्यलाई अनुरोध गरेका छन्।
इप्पानको साधारणसभा र अधिवेशनको तयारी पूरा,आज उद्घाटन
होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुमवासीलाई तीन प्रकारको बीमा सेवा दि…
ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी
लिवियामा नेपाली शान्ति सैनिकहरूको अदलीबदली
गृहमन्त्रीद्वारा बालाजुस्थित ‘होल्डिङ सेन्टर’को अवलोकन
ट्रम्पद्वारा इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द
ममता बनर्जी छोड्ने चर्चामा तृणमूल कांग्रेस सांसद शत्रुघ्न सिन्हाले के भने?
प्रतिक्रिया