बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका बारेमा मन्त्रीले प्रष्टीकरण दिएका हुन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको उनले दोहोर्याए ।
सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराए ।
प्रधानमन्त्रीले १८१६ को सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिएको अभिव्यक्तिका बारेमा प्रष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रस्ट पारे । सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुङ्ग्याउनुपर्नेमा सरकार अडिग रहेको उनको तर्क थियो ।
यसैगरी 'दशगजा' क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्भे टिमले विभिन्न स्थानमा काम गरिरहेको मन्त्रीले बताए। सीमा क्षेत्रमा रहेका समस्याहरूलाई वैज्ञानिक ढङ्गले समाधान गर्न र दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उनले सदनलाई विश्वास दिलाए।
प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड
अब उप्रान्त संसद्मा प्रधानमन्त्रीलाई खोजिँदैन: भीष्मराज आङदेम्बे
प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले भने- सीमासम्बन्धी अभिव्यक्ति 'क्रस बोर्डर अ…
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री…
रविको पहलमा खुल्यो संसद्, हर्क साम्पाङले मानेनन्
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ
सनातन राज्यको पक्षमा बोल्दा ज्यानमार्ने धम्की आयो : खुस्बु ओली
प्रतिक्रिया