सात बुँदे प्रस्तावको हल्ला गलत : शेखर कोइराला

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने खबर सत्य नभएको स्पष्ट पारेका छन् ।

नेता कोइरालाको सचिवालयले उनले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने हल्लामा कुनै सत्यचा नभएको स्पष्ट पारेका हुन्।


सचिवालयका अनुसार उक्त प्रस्तावका बारेमा नेता कोइराला र उनको सचिवालयलाई अहिलेसम्म कतैबाट कुनै जानकारी आएको छैन।

सचिवालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बाहिर आएका यस्ता समाचारहरू मनगढन्ते, कपोलकल्पित र भ्रामक भएको उल्लेख गर्दै यसको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ।

कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत २२ गते प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन थापाले नेता कोइरालालाई विशालनगरस्थित सचिवालयमा आएर भेटेका थिए। त्यसयता कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क नभएको सचिवालयले प्रस्ट पारेको छ।