अस्ट्रेलियन डलरको मूल्यमा निरन्तर गिरावट, युरो, पाउन्ड र दिनार पनि सस्तिए

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ।

यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ २१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९१ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा छ।  विगत केही दिनदेखि अस्ट्रेलियन डलरको विनिमयदर निरन्तर घट्दै आएको छ। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ५४ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ।यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर