नेपाल–भारतबीच तत्काल डिजिटल रेमिट्यान्स सेवा सुरु, UPI र NPI प्रणाली जोडिए
काठमाडौं — नेपाल र भारतबीच तत्कालै तथा सुरक्षित रूपमा रकम आदानप्रदान गर्न सकिने ‘क्रस–बोर्डर पी–टु–पी (Person-to-Person) रेमिट्यान्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। भारतको Unified Payments Interface (UPI) र नेपालको National Payment Interface (NPI) प्रणालीलाई एकआपसमा जोडेर यो सेवा सुरु गरिएको हो।
यो सेवा Nepal Clearing House Limited (NCHL) र National Payments Corporation of India (NPCI) बीच भएको सहकार्य तथा सम्झौताअनुसार कार्यान्वयनमा ल्याइएको हो।
नयाँ प्रणालीमार्फत अब दुवै देशका नागरिकले मोबाइल बैंकिङ एप वा डिजिटल वालेट प्रयोग गरेर सिधै बैंक खातामा सुरक्षित र तत्काल रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन्। यसले सीमापार भुक्तानी तथा रेमिट्यान्सलाई थप सहज, छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
व्यवस्थाअनुसार नेपालमा रहेका वा कार्यरत भारतीय नागरिकले नेपालबाट भारतमा प्रतिपटक १५ हजार भारतीय रुपैयाँसम्म र मासिक अधिकतम २ लाख भारतीय रुपैयाँसम्म रकम पठाउन सक्नेछन्। त्यसैगरी भारतमा बसोबास वा रोजगारी गरिरहेका नेपाली नागरिकले प्रतिपटक २ लाख भारतीय रुपैयाँसम्म नेपालस्थित बैंक खाता वा डिजिटल वालेटमा रकम पठाउन सक्ने सुविधा पाउनेछन्।
यसका अतिरिक्त भारत भ्रमणमा जाने नेपालीहरूले पनि त्यहाँको UPI नेटवर्कअन्तर्गत उपलब्ध QR कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ, जसले नगद बोक्ने झन्झट कम गर्ने विश्वास गरिएको छ।
यो सेवाबाट नेपाल–भारतबीच व्यापार गर्ने व्यापारी, उपचारका लागि भारत जाने बिरामी, अध्ययनका लागि जाने विद्यार्थी तथा दुवै देशमा कार्यरत श्रमिकहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। परम्परागत बैंकिङ प्रक्रियाको जटिलता, एजेन्टमार्फत रकम पठाउँदा लाग्ने अतिरिक्त शुल्क तथा नगद कारोबारको जोखिम कम गर्न यो प्रणाली प्रभावकारी हुने विश्वास सम्बन्धित निकायहरूले व्यक्त गरेका छन्।
फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
रविले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस–एमालेका शीर्ष नेता नजाने
परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने
रविले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस–एमालेका शीर्ष नेता किन नजाने भए ?
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इजरायलको हवाई र सैन्य केन्द्रमा इरानको अक्रमण
प्रतिक्रिया