लाङ्टाङ ट्रेल रन सम्पन्नः अस्ट्रियाकी अन्ना तेस्रो
लाङ्टाङ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्दै अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको लाङ्टाङ ट्रेल रन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता लाङ्टाङको क्याञ्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेँसीमा आएर सम्पन्न भएको हो ।
रसुवा-नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगितामा नेपालसहित विभिन्न देशका १०६ जना धावकहरूको सहभागिता थियो । महिला समूहतर्फ अस्ट्रियाकी धाविका अन्ना लेना फ्रुट्नर तेस्रो हुनुभएको छ । उहाँले पाँच मिनेट नौ सेकेन्डमा स्याफ्रुबेँसी पुगी उपाधि हात पार्नुभएको हो ।
दोस्रो विजेता नेपालकी सुरक्षा तामाङ र प्रथम विजेतामा अन्जली गुरुङ हुनुभयो । पुरुषतर्फ प्रथम मिलन कुलुङ, द्वितीय धिरबहादुर बुढा र तृतीय विशाल राई हुनुभएको छ । ट्रेल रनमा सान्त्वनाअन्तर्गत दुवै समूहका पाँच/पाँच जनालाई पुरस्कार वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिताको समापन समारोहमा आयोजक संस्थाका अध्यक्ष बलराम न्यौपानेले खेलकुदमार्फत हिमाली पर्यटनको प्रचारप्रसार गर्दै लाङ्टाङ क्षेत्रलाई विश्व बजारमा चिनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित र अन्तरराष्ट्रियस्तरको बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।
बागमती प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा सम्पन्न प्रतियोगिताले लाङ्टाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक पर्यटनको सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले उल्लेख गरेको छ ।
समापन कार्यक्रममा विजेता खेलाडीहरूलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागी धावकहरूले लाङ्टाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली वातावरण तथा स्थानीय आतिथ्यताप्रति सकारात्मक प्रतिक्रिया दिएका आयोजकले जनाएको छ ।
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
अब प्रदेशस्तरकै अस्पतालबाट निजामती कर्मचारीले उपचार सेवा पाउने
६६ नेपालीलाई तत्काल कम्बोडिया छोड्न निर्देशन (नामसहित)
भारतबाट फर्किएपछि परराष्ट्रमन्त्री– सीमा समस्या कूटनीतिक ढंगबाट समाधान गर्ने छल…
‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक विमोचन
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
प्रतिक्रिया