‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई
काठमाडौँ, २४ जेठः मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा आयोजित ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वतृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम हुनुभएको छ ।
फाउण्डेशनले शनिबार यहाँ आयोजना गरेको नेपालको महिला आन्दोलनकी नेत्री ‘मङ्गलादेवी सिंहको योगदानमा आधारित वक्तृत्वकला प्रतियोगिता’ मा अधिकारी प्रथम हुनुभएको हो । प्रथम भएसँगै अधिकारीलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, बिनिता तामाङ दोस्रो र शिवानी राउत तेस्रो हुनुभएको छ । दोस्रो र तेस्रो उपाधि हाँसिल गर्ने तामाङ र राउतलाई क्रमशः नगद रु १५ र रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा आरध्या घिमिरे, मान्यता धिताल र मनिषा खनालले शान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँहरुलाई जनही रु पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ६० जनाले भाग लिएका थिए ।
कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष सिर्जना सिंह, संविधानसभा सदस्य कल्याणी रिजाल, राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीलगायतले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा अध्यक्ष सिंहले युवा पुस्तामा नेतृत्व क्षमता, प्रभावकारी अभिव्यक्ति र सामाजिक चेतनाको विकास गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
रास्वपाको आज २९ जिल्लामा अधिवेशन हुँदै
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
गोरखाली चेली ईश्वरी भुजेलको हत्या गर्ने नेपाली ब्रोलाई फाँ सी दिनुपर्ने भन्दै …
विश्वकप २०२६: उत्कृष्ट गाेलकिपरकाे हाेडमा काे-काे रहनेछन् ?
एशियन गेम्स छनौटको सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै
प्रतिक्रिया