एशियन गेम्स छनौटको सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै
काठमाडौं । नेपालले आज सिंगापुरमा जारी एशियन गेम्सका क्रिकेटतर्फको छनौट प्रतियोगिताको सेमिफाइनलमा ओमानको सामना गर्दैछ । यो खेल आज बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।
त्यस्तै आज दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया खेल्दैछन् । नेपाल र मलेसिया समुह ए बाट र हङकङ र ओमान समुह बी बाट समुह विजेता र उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् । यी चारै देश जापानमा हुने एशियन गेम्समा छनौट भएका छन् । एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।
यस प्रतियोगितामा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।
रास्वपा सुनसरी सभापतिमा दाहाल
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
ग्वाङ्झाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई ‘Most Charming Tourism Destina…
ओमानविरुद्ध बलिङ गर्दै नेपाल
इजरायलको आक्रमणमा लेबनानका ब्रिगेडियर जनरलसहित १२ जनाको मृत्यु
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
प्रतिक्रिया