सरकारलाई सिधा चेतावनी: ‘पोस्ट मेटाउलास् तर हाम्रो क्रान्ति मेटाउन सक्दैनस्!’
भारतको ककरोच जनता पार्टी (सीजेपी) पार्टीका संस्थापक अभिजित दीपकेले सरकारले आफूहरूले सामाजिक सञ्जाल गरेका पोस्ट मेटाउन सक्ने तर आफ्नो पार्टीलाई मेटाउन नसक्ने बताएका छन्।
निट पेपर लिक र अन्य परीक्षामा भएका अनियमितताविरुद्ध ककरोच पार्टीले आज भारतको राजधानी दिल्लीमा प्रदर्शन गरिरहेको छ।
त्यसका लागि पार्टीका संस्थापक दीपके अमेरिकाबाट आजै भारत आइपुगेका थिए।
विरोध प्रदर्शनमा सहभागी हुँदै उनले भने, ‘भारत आइपुग्नेबित्तिकै मलाई लाग्यो- यो मेरो स्वतन्त्रताको अन्तिम क्षण हो। सरकारले हाम्रा सामाजिक सञ्जालका पोस्ट मेटाउन सक्छ, तर हामीलाई मेटाउन सक्दैन।’
अभिजितसँगै हजारौँ प्रदर्शनकारी विरोधमा सहभागी भइरहेका छन्। तीमध्ये धेरैजसो विद्यार्थी र युवा छन्। केही वृद्धवृद्धा पनि आफ्ना बालबच्चा लिएर प्रदर्शनमा सहभागी भएका छन्।
ककरोच पार्टी सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियान सञ्चालन गरेर उदाएको हो।
हङकङसँग नेपाल ६९ रनले पराजित
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
बालेन सरकारको ठूलो ‘क्लिनअप’ तयारी: ३ मन्त्री र ५ सचिव हटाउने संकेत, कार्यसम्…
ईभी जाँचपासको विषयमा अर्थमन्त्रीलाई जोडिएकोमा आपत्ति
रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै
विश्व वातावरण दिवसमा ‘हरित काव्य गोष्ठी’
प्रतिक्रिया