विश्व वातावरण दिवसमा ‘हरित काव्य गोष्ठी’
विश्व वातावरण दिवसका अवसरमा आज यहाँ ‘हरित काव्य गोष्ठी’ आयोजना गरिएको छ ।
वातावरण संरक्षण, जैविक विविधताको रक्षा तथा जलवायु परिवर्तनका चुनौतीबारे चेतना बढाउने उद्देश्यले ‘वर्तमान कविता समूह’, ‘रातोघर’, ‘शब्दाङ्कुर’ र कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा गोठी भएको हो ।
वातावरणीय सङ्कट, जलवायु परिवर्तन, वनविनाश, प्रदूषण र जैविक विविधतामाथि बढ्दो जोखिमलगायत विषयलाई स्रष्टाहरूले आफ्ना कवितामार्फत प्रस्तुत गरेका थिए ।
कविहरू कृष्ण बाउसे, यशोदा अधिकारी, लक्ष्मी माली, अनिता लामा, स्नेह सायमी, प्रज्ज्वल अधिकारी र किसन पौडेललगायत कविले आफ्ना सिर्जनामार्फत मानव गतिविधिका कारण प्रकृतिमा परेको असर, मौसम परिवर्तनले निम्त्याएका चुनौती तथा भावी पुस्ताले भोग्नुपर्ने सम्भावित सङ्कटबारे प्रस्तुति गर्नुभएको थियो ।
पर्यावरणीय साहित्य अभियानका अभियन्ता विश्व सिग्देलले नेपाली साहित्यमा पर्यावरणसम्बन्धी विषयले स्थान पाउन थालेको उल्लेख गर्दै भविष्यमा पनि साहित्यिक क्षेत्रबाट वातावरण संरक्षण अभियानलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रातोघर फाउन्डेसनका तर्फबाट स्नेह सायमीले पर्यावरण संरक्षण नगरे मानव मात्र नभई जीवजन्तु तथा वनस्पति जगत् सङ्कटमा पर्ने वास्तविकता औँल्याउनुभयो ।
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
बालेन सरकारको ठूलो ‘क्लिनअप’ तयारी: ३ मन्त्री र ५ सचिव हटाउने संकेत, कार्यसम्…
ईभी जाँचपासको विषयमा अर्थमन्त्रीलाई जोडिएकोमा आपत्ति
रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै
सरकारलाई सिधा चेतावनी: ‘पोस्ट मेटाउलास् तर हाम्रो क्रान्ति मेटाउन सक्दैनस्!’
रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
प्रतिक्रिया