भारतमा प्रचण्ड गर्मीः छतमै अण्डा फ्राइ
भारतमा चर्को घाम र तातो हावाका कारण जनजीवन अस्तव्यस्त बन्दै जान थालेको छ ।
गर्मीबाट बच्न मानिसहरूले विभिन्न घरेलु उपायहरू अपनाइरहेका छन् । भारतीय मौसम विभागले उत्तर प्रदेशका धेरै जिल्लाहरूमा रेड र ओरेन्ज अलर्ट जारी गरिसकेको छ ।
यस्तोमा प्रयागराजमा भएको एउटा घटनाको भिडियो अहिले भाइरल बनेको छ । जसले बाहिरको तापक्रम कति खतरनाक भइसकेको छ भन्ने कुरा स्पष्ट पार्छ ।
प्रयागराजको कौशाम्बीका एक इन्स्टाग्राम प्रयोगकर्ताले भिडियो सेयर गरेका हुन् । भिडियोमा उनी दिउँसोको समयमा आफ्नो घरको छतमा जान्छन् । घामले गर्दा छतको भुइँ यति तातेको छ कि त्यहाँ खाली खुट्टाले टेक्न पनि असम्भव देखिन्छ ।
ती व्यक्तिले मानिसहरूलाई गर्मीको चेतावनी दिँदै एउटा प्रयोग गरेर देखाउँछन् । उनले सीधै तातेको भुइँमा थोरै तोरीको तेल खन्याउँछन् र त्यसपछि त्यसमाथि एउटा काँचो अण्डा फुटाउँछन् ।
भिडियोमा देखिएको दृश्य साँच्चै डरलाग्दो छ । कुनै चुलो, ग्यास वा आगोबिना नै केवल सूर्यको टन्टलापुर घामको तापले अण्डा केही सेकेन्डमै पाक्न थाल्छ । यद्यपि, अण्डा पूर्ण रूपमा अम्लेट त बन्दैन, तर त्यो आंशिक रूपमा फ्राई हुन्छ । अण्डाको सेतो भाग जमेर ठोस हुन थालेको भिडियोमा स्पष्ट देख्न सकिन्छ ।
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
रुसले युक्रेनमा हान्यो हाइपरसोनिक मिसाइल
प्रतिक्रिया