अमेरिका र इरान ६० दिनको युद्धविराम सम्झौतामा सहमत भएको दाबी
संयुक्त राज्य अमेरिका र इरान ६० दिनको युद्धविराम सम्झौतामा सहमत भएको दाबी गरिएको छ।
एक्सियोसको रिपोर्टअनुसार अब यसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम स्वीकृति दिन मात्र बाँकी छ।
दुई देशबिच एक समझदारीपत्र (एमओयू) मा सहमति भएको छ। यसको उद्देश्य युद्धविराम विस्तार गर्नु र इरानको आणविक कार्यक्रममा औपचारिक वार्ता सुरु गर्नु हो।
रिपोर्टमा भनिएको छ, ‘ट्रम्पले सम्झौतामा निर्णय गर्न केही दिन मागेका छन्। साथै इरानले पनि आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन।’
प्रस्तावित सम्झौताअन्तर्गत होर्मुज स्ट्रेटमा ढुवानी निर्बाध रूपमा जारी रहनेछ। अनि इरानले ३० दिनभित्र समुद्री खानी हटाउनुपर्नेछ भने जहाजसँग शुल्क लिइने छैन।
बदलामा अमेरिकाले आफ्नो नौसेना नाकाबन्दी बिस्तारै हटाउनेछ र इरानको तेल बिक्रीका लागि केही प्रतिबन्धमा राहत दिनेबारे छलफल गर्नेछ।
सम्झौतामा इरानले आणविक हतियार विकास नगर्ने वाचा पनि समावेश छ। सुरुवाती ६० दिन अत्यधिक समृद्ध युरेनियम र युरेनियम संवर्धनका विषयमा वार्ता हुनेछ।
वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर
स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसंघीय आवासीय सहसंयोजकबिच भेटघाट
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने
हर्क साम्पाङलाई ट्राफिक प्रहरीले काट्यो चिट
रास्वपाको सिरहा अधिवेशनमा झडप, निर्वाचन प्रक्रिया स्थगित : आईजीपी कार्की
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
यस्ता छन् लुम्बिनी सरकारका निर्णय, प्रवक्तामा घिमिरे नियुक्त
प्रतिक्रिया