हिजबुल्लाले मारे २३ इजरायली सैनिक, सीमा क्षेत्रमा तनाव

काठमाडौं– इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक हिजबुल्लाहको ड्रोन आक्रमणमा एक सैनिकको मृत्यु भएको छ ।

यससँगै इरान समर्थित समूहसँग जारी युद्धमा मारिने इजरायली सैनिकहरूको संख्या २४ पुगेको छ ।

सेनाका अनुसार मृत्यु हुने सैनिक २० वर्षीया सार्जेन्ट रोतेम यानाइ हुन् ।

उनी उत्तरी इजरायलमा सञ्चालन भइरहेको सैन्य गतिविधिका क्रममा मारिएको बताइएको छ ।

सोही घटनामा एक रिजर्भ सैनिक गम्भीर रूपमा घाइते भएका छन् भने अर्को मध्यम रूपमा घाइते भएका छन् ।

इजरायली सेनाले उक्त आक्रमण हिजबुल्लाहको विस्फोटक ड्रोनबाट भएको पुष्टि गरेको छ ।

युद्ध सुरु भएयता हालसम्म २३ सैनिक र एक नागरिक ठेकेदारसहित कुल २४ इजरायलीको मृत्यु भएको छ ।

इजरायली सेनाले बुधबार लेबनानको जाजानी नदीभन्दा दक्षिणका सबै क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गर्दै स्थानीय बासिन्दालाई खाली गर्न आग्रह गरेको छ ।

यो कदम अप्रिल १७ को युद्धविरामपछि पहिलो पटक गरिएको ठूलो स्तरको चेतावनी मानिएको छ ।