अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती मस्यौदा
इरानको सरकारी सञ्चारमाध्यमले देशले ‘अमेरिकासँग सम्झौताका लागि सुरुवाती र अनौपचारिक मस्यौदा’ प्राप्त गरेको दाबी गरेको छ।
बीबीसी फारसीले रिपोर्ट उद्धृत गर्दै भनेको छ, ‘प्रस्तावअनुसार इरानले एक महिनाभित्र हर्मुज स्ट्रेटमा व्यावसायिक जहाजको आवागमनलाई युद्धअघिकै स्थितिमा फर्काउनेछ। बदलामा अमेरिकाले इरानआसपास तैनाथ आफ्ना सैन्य बल फिर्ता गर्नेछ र नौसेना नाकाबन्दी हटाउनेछ।’
रिपोर्टमा जहाज मार्ग व्यवस्थापनका सम्बन्धमा इरान र ओमानबिच समन्वय स्थापित गरिने पनि भनिएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा विदेश नीति र अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका उपनिर्देशक अली बघेरी कानीले पनि इरान र ओमानबिच हर्मुज स्ट्रेटबाट जहाज आउजाउसम्बन्धी नयाँ प्रक्रियाका विषयमा कुराकानी भइरहेको पुष्टि गरेका छन्।
उनका अनुसार, ‘युद्ध सुरु हुनुअघिको तुलनामा हर्मुज आउजाउ गर्ने सर्त र प्रक्रिया पूर्ण रूपमा फरक हुनेछन्।’
कानीले यसो पनि भनेका छन्, ‘सबै मुद्दामा सहमति नभएसम्म हामी के ठान्छौँ भने कुनै पनि मुद्दामा सहमति भएको छैन।’
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार
ब्लुबुक नवीकरण गर्ने प्रक्रिया सबैले सेयर गर्नु होला
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सुरु
प्रतिक्रिया