इरानमा नयाँ आक्रमणपछि पनि अमेरिकी विदेशमन्त्री भन्छन्: सम्झौता अझै सम्भव छ
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले इरानसँग सम्झौता अझै पनि सम्भव रहेको दाबी गरेका छन्।
युद्धविरामका बिच अमेरिकी सेनाले मंगलबार दक्षिण इरानमा आक्रमण गरेपछि पनि विदेशमन्त्री रुबियोले दुई देशबिच सहमतिको सम्भावना अझै रहेको जिकिर गरेका हुन्।
बीबीसीका अनुसार उनले भनेका छन्, ‘कतारमा वार्ता भएको छ। हामीले कुनै प्रगति भएको छ कि छैन भनेर हेर्नुपर्नेछ। मलाई लाग्छ- धेरैजसो समय सम्झौता कागजातमा प्रयोग गरिएका सर्त र भाषा बुझ्नमा बिताइनेछ, त्यसैले त्यसका लागि केही दिन लाग्नेछ।’
रुबियोले पत्रकारहरूसँग अगाडि भने, ‘होर्मुज स्ट्रेट खुला रहनुपर्छ। त्यहाँ जे भइरहेको छ त्यो गैरकानुनी हो, नियमविरीत हो। विश्वलाई अस्थिर बनाइरहेको छ र अस्वीकार्य छ।’
यसअघि अमेरिकी सेनाले दक्षिणी इरानमा मंगलबार नयाँ आक्रमण थालिएको बताएको छ।
अमेरिकी सेनाका अनुसार इरानका क्षेप्यास्त्र अड्डा र समुद्रमा बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका जहाजलाई निसाना बनाइएको हो।
अमेरिकी केन्द्रीय कमान्डले विज्ञप्तिमा भनेको छ, ‘आक्रमण आत्मरक्षा र इरानी सेनाबाट हुने खतराबाट सेनालाई जोगाउने उद्देश्यले गरिएको हो।’
केन्द्रीय कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले भनेका छन्, ‘अमेरिकी सेनाले जारी युद्धविरामको समयमा संयम अपनाउँदै आफ्ना सेनाको सुरक्षा जारी राख्नेछ।’
अमेरिकाले आक्रमण त्यस्तो समयमा गरेको हो, जतिबेला इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले वार्तामा केही प्रगति भए पनि द्वन्द्व अन्त्य गर्ने सम्झौता तत्काल नहुने बताएका छन्।
हकिन्सले भनेका छन्, ‘हमला दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासनजिकै इरानी नौसेना अड्डामा गरिएको हो, जुन होर्मुज स्ट्रेटमा अवस्थित छ।’
यसअघि इरानको सरकारी सञ्चारमाध्यमले बन्दर अब्बासमा विस्फोटको आवाज सुनिएको र स्थानीय अधिकारीले घटनाको अनुसन्धान गरिरहेको उल्लेख गरेको थियो।
युद्धविरामबिच आक्रमण
इरानले भने अहिलेसम्म अमेरिकाले गरेको नयाँ आक्रमणबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।
आक्रमणले अमेरिका र इरानबिच हुन लागेको शान्ति सम्झौतामा अब कस्तो प्रभाव पार्ला भन्ने कुरा पनि स्पष्ट छैन।
गत हप्ताको अन्त्यतिर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई पक्ष सम्झौताको नजिक पुगेको संकेत गरेका थिए। तर पछि उनले अमेरिकी वार्ताकारहरूलाई इरानसँग सहमति गर्न हतार नगर्न निर्देशन दिएका थिए।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई आक्रमण गरेपछि पश्चिम एसियाभरि द्वन्द्व सुरु भएको थियो।
गत अप्रिल ८ देखि भने अमेरिकी र इरानले युद्धविराम गरेका छन्।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया