तमिलनाडुका मुख्यमन्त्री विजयको घोषणा: सहकारीबाट किसानले लिएका ५० हजारसम्मको ऋण मिनाहा
तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले सहकारी बैंकहरूबाट सीमान्त किसानले लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने घोषणा गरेका छन्।
सोमबार मुख्यमन्त्री विजयले सहकारी बैंकहरूबाट बाली ऋण लिएका ठुला किसानले पनि ५ हजार राहत पाउने घोषणा गरेका छन्।
तमिलनाडुका मुख्यमन्त्रीले आधिकारिक एक्स ह्यान्डलमार्फत उक्त जानकारी दिएका हुन्।
मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालयमा भएको समीक्षा बैठकपछि यो घोषणा गरिएको हो।
बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी. गान्धीराज, वित्त मन्त्री एन. मेरी विल्सन र वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
तमिलनाडु सरकारका अनुसार विजयको निर्णयले झन्डै १४ लाख २२ हजार किसानलाई लाभ नुहेनछ भने सरकारको थप २,०४४.४६ करोड खर्च हुनेछ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया